छानबिन समितिले टुङ्ग्याएको विवाद खोतल्न मिल्दैन: देउवा पक्ष

छानबिन समितिले टुङ्ग्याएको विवाद खोतल्न मिल्दैन: देउवा पक्ष

केन्द्रबिन्दु
0
Shares

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले टुङ्ग्याएको विवादलाई खोतल्न नहुने कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले जनाएको छ।

समितिले एकाध ठाउँ बाहेकको विवादलाई टुङ्ग्याएर बुझाएको प्रतिवेदनप्रति पौडेल पक्षले असहमति र अमान्य हुने जनाएको भोलिपल्टै देउवा पक्षले भने टुङ्ग्याएको विषय खोतल्न नमिल्ने स्पष्ट पारेको हो।

विवादीत विषयलाई बहुमतबाट भए पनि टुङ्ग्याउनुपर्नेमा देउवा पक्षको जोड छ।
‘क्रियाशील सदस्यता अझै टुङ्गिएको छैन, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समितिले टुङ्ग्याएको विवादलाई फेरि खोतल्न खोजेको छ र समितिले गरेको कामलाई ‘रिओपन’ गर्न मिल्दैन’, सभापति पदका दाबेदारसमेत रहेका नेता गोपालमान श्रेष्ठले केन्द्रविन्दुसँग भने, ‘उहाँहरूले गरेको व्यवधानका कारण विवाद टुङ्गिन बाँकी छ।’

समितिले टुङ्गिन बाँकी रहेको विवादलाई कसरी सुल्झाउने भन्ने सुझाएको छैन। क्रियाशील सदस्यतासँग सम्बन्धी विवाद रसुवा, सिन्धुपाल्चोक, बारा, सप्तरी, धुनषा निर्वाचन क्षेत्र नम्बर ४ र सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा विवाद छ।

Skip This
Skip This
Logo