न्युजिल्याण्ड क्रिकेट टिमले पाकिस्तानको भ्रमण गर्ने भएको छ। पाकिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर र अक्टोबरमा न्युजिल्याण्डको टिम भ्रमणमा आउने जनाएको छ।
न्युजिल्याण्डले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो। पछिल्लो पटक न्युजिल्याण्डले २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो। न्युजिल्याण्डले भ्रमण दौरान घरेलु टिमसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ।
दुई टिमबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी–ट्वान्टी सिरिज हुनेछ। रावलपिन्डीस्थित पिन्डी क्रिकेट मैदानमा हुने एकदिवसीय सिरिज सेप्टेम्बर १७ देखि २१ सेप्टेम्बरसम्म हुनेछ। यस्तै लाहोरको गद्दाफी स्टेडियममा हुने टी–ट्वान्टी सिरिज २५ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म चल्नेछ।





























प्रतिक्रिया