भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा घरेलु टिम इंग्ल्यान्ड अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड खराब प्रदर्शन गर्दै १ सय ८३ रनमा अलआउट भएको हो।
इंग्ल्यान्डका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय इनिङ्स खेले। जोनी बेयर्स्टोले २९ रन जोड्दा साम करण २७ रनमा अविजित रहे। यस्तै ज्याक क्रलीले २७ रन बनाए भने डम सिब्लीले १८ रन जोडे।
इंग्ल्यान्डलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए। मोहमद शामीले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए। मोहमद सिराजले १ विकेट लिए। इंग्ल्यान्डलाई सस्तैमा समेटेर पहिलो इनिङ्स थालेको भारतले उत्कृष्ट सुरुवात गरेको छ।
पहिलो दिनको खेल सकिदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ। भारतका रोहित शर्मा र केएल राहुल समान ९ रनमा अविजित छन्।





























प्रतिक्रिया