प्रकाशित भयो ओसामा बिन लादेनको जीवनी, के छ यसभित्र ?

प्रकाशित भयो ओसामा बिन लादेनको जीवनी, के छ यसभित्र ?

केन्द्रबिन्दु
0
Shares

सन् १९९७ मा बिन लादेनलाई प्रत्यक्ष भेटेका पत्रकार पिटर बर्जेनले लेखेको ओसामा बिन लादेनको जीवनी ‘द राइज एन्ड फल अफ ओसामा बिन लादेन’ प्रकाशित भएको छ।

 अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपिआर) लाई अन्तर्वार्ता दिँदै बर्जेनले जीेवनीका बारेमा संक्षिप्त जानकारी दिएका छन्। आफ्नो जीवनका विभिन्न घटनाले लादेनलाई अतिवादी बनाएको उनको बुझाइ छ। 

‘लादेनले जीवनका विभिन्न मोडहरूमा फरक बाटो लिन सक्थे,’ बर्जेन भन्छन्, ‘सन् १९९२ मा साउदी अरेबियामा अमेरिकी सेना परिचालन हुँदा उनीभित्र रहेको अमेरिका विरोधी भावना घृणामा परिणत भयो।’

बर्जेनका अनुसार साउदी अरेबिया र अरबी क्षेत्रका अन्य देशहरूबाट अमेरिकी सेना फिर्ता बोलाउन दबाब दिनका लागि सन् २००१ सेप्टेम्बर ११ मा लादेनको योजनामा हमला भएको थियो। ‘त्यो भ्रम थियो, त्यस्तो आक्रमणले काम गरेन,’ अन्तवार्ता दिँदै बर्जेन भन्छन्।

सन् २०११ मा पाकिस्तानको अबटाबादमा लुकेर बसेका लादेनलाई अमेरिकी सेनाले मारेका थिए। बर्जेनको पुस्तक लादेनबारे विभिन्न दस्तावेज र उनका विश्वासपात्रसँगको अन्तर्वार्तामा आधारित छ। 

Skip This
Skip This
Logo