आठ अर्ब हिनामिना प्रकरणः इच्छाराजमाथि अनुसन्धान गर्न सिआईबी निर्देशन कुर्दै

आठ अर्ब हिनामिना प्रकरणः इच्छाराजमाथि अनुसन्धान गर्न सिआईबी निर्देशन कुर्दै

केन्द्रबिन्दु
0
Shares

पूर्वसांसद तथा ‘सिभिल होम्स’का सञ्चालक इच्छाराज तामाङविरुद्ध हिनामिनासम्बन्धी मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निर्देशन कुरिरहेको छ।

निर्देशन प्राप्त हुनासाथ तामाङविरुद्ध लागेको हिनामिनासम्बन्धी मुद्दामा अनुसन्धान थालिने सीआईबीले जनाएको छ।

सीआईबीलाई अनुसन्धानका लागि सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, रजिस्ट्रार वा रजिस्ट्रारबाट अधिकारप्राप्त अधिकारीले पत्र पठाएको छैन।

यी निकायले कसैविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ अन्तर्गतको कसूर गरेको अभियोग लागेमा सोही ऐनको दफा १२९ अनुसार अनुसन्धानका लागि निर्देशन पत्र लेखी पठाउनुपर्ने हुन्छ।

सीआईबी प्रवक्ता श्यामकुमार महतोले पत्र नआउञ्जेल अनुसन्धान गर्न नमिल्ने बताए।

‘अनौपचारिक रूपमा त अनुसन्धान थाल्यौं तर, पत्र आएपछि हामी औपचारिक रूपमै अनुसन्धान गर्ने तयारीमा छौं र अहिले पत्र आइसकेको छैन’, प्रवक्ता महतोले केन्द्रविन्दुलाई बताए।

उनका अनुसार तामाङले सिभिल सहकारीमा आठ अर्बभन्दा बढी रकम हिनामिना गरेको भन्दै सीआईबीमा पीडित भनिएकाहरूले उजुरी दिएका छन्।  

काठमाडौंको सोल्टीमोडमा रहेको सिभिल सहकारीका अध्यक्ष रहँदा निक्षेपकर्ताको रकम आफ्नो रियलस्टेट कम्पनीमा लगानी गरी हिनामिना गरेको आरोप तामाङविरुद्ध लागेको छ।

उजुरीमा सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको पीडितहरूले उल्लेख गरेको सीआईबी प्रवक्ता महतोले बताए। आरोपी तामाङ सिभिल बैंकका अध्यक्ष पनि हुन्। 

Skip This
Skip This
Logo