इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ। केही महिनादेखि नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि प्रहरी कार्यालयले थालेको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो।
चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरिएको अनुसन्धानको क्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पक्राउ परेका हुन्।
प्रहरी निरीक्षक खतिवडाले केन्द्रबिन्दुसँग भने,‘मोटरसाईकल चोरी भयो भनेर निरन्तर गुनासो आएपछि ट्राफिक प्रहरीको सहयोगमा अनुसन्धान गर्दा ६ मोटरसाइकल भेटेका हौं, विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्यासिज नम्बर र इञ्जिन नम्बर मिलेन, त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो।’
उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ।































प्रतिक्रिया