बिहीबार नेप्से परिसूचक १६ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १६ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेर ३ हजार १०१.०७ अंक झरेको छ। बुधबार यसअघिका सबै रेकर्ड तोड्दै नेप्से सूचक १२.०५ अंकले बढेर ३ हजार १२३.१५ विन्दुमा पुगेको थियो।  

आज कारोबारमा आएका २२६ कम्पनीको  २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । जसमध्ये ७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने एक कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज ४ वटा कम्पनी शेयर मूल्य  सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

तर आज युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, शिव श्री हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ।

Skip This
Skip This
Logo