नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले पार्टीको १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरुले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् ।
पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरि गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आलटाल र देखाइएका उदासीनताबारे आफूहरुले झक्झकाएको बताए ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन हुन सकेको छैन ।





























प्रतिक्रिया