इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि सुरु भएको छ ।
आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।
इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए।
इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी तत्कालीन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका हुन् । रौहानी दुई कार्यकाल राष्ट्रपति भएका थिए।
इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका रायसी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिन्छन् । निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताएका छन् ।





























प्रतिक्रिया