भेरोसेलको दोस्रो मात्रा आजदेखि, काठमाडाैंमा ४२ खाेपकेन्द्रबाट लगाउन सकिने

भेरोसेलको दोस्रो मात्रा आजदेखि, काठमाडाैंमा ४२ खाेपकेन्द्रबाट लगाउन सकिने

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आजदेखि सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउने निर्णय गरेको हो। 

गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको हो।

आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ। काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन्। मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ। 

अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन्।

Skip This
Skip This
Logo