गरिबी उकास्ने मौद्रिक नीति ल्याउन पूर्व अर्थमन्त्रीहरुको जोड

गरिबी उकास्ने मौद्रिक नीति ल्याउन पूर्व अर्थमन्त्रीहरुको जोड

केन्द्रबिन्दु
0
Shares

पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन् । 

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गरेका हुन् । 

डा. भट्टराईले भने, ‘हामीले घरजग्गा किनबेचमा मात्रै कर्जा प्रवाह गर्यौ । यसले देश र जनता सधैं गरिव भइरहने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आयो । यसको अन्त्य गर्न ग्रामीण क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति आउनु पर्यो ।’

पूर्व अर्थमन्त्री पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने प्रष्ट पारे । उनले अनुचित खर्च कटौती गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्दै लैजाने गरी मौद्रिक नीति ल्याउन पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । 

पूर्व अर्थमन्त्री पुनले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढ्न राष्ट्र बैैंकलाई आग्रह गरे। उनले भने, ‘धनीलाई सस्तो व्याजदरमा कर्जा दिने तर गरिवलाई नदिने परिपाटीको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैन ।’

 

Skip This
Skip This
Logo