टोकियो ओलम्पिकः जापानलाई पराजित गर्दै मेक्सिकोले जित्यो फुटबलमा कास्य

टोकियो ओलम्पिकः जापानलाई पराजित गर्दै मेक्सिकोले जित्यो फुटबलमा कास्य

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोको यू–२३ टोलीले जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३–१ गोलअन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो ।

मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक एक गोल गरे । जापानका कोरु मिटोमाले एक गोल फर्काए । १३ औं मिनेटमा फ्रान्सिस्कोले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए ।

खेलको ३३ औं मिनेटमा भास्क्वेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिलाए । खेलको ५८ औं मिनेटमा भेगाले गोल गर्दा मेक्सिकोको अग्रता ३–० को बन्यो । त्यसपछि खेलको ७८ औं मिनेटमा जापानका मिटोमाले एक गोल फर्काएका थिए । 

पुरुष फुटबलको स्वर्ण पदकको लागि भने ब्राजिल र स्पेनबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

Skip This
Skip This
Logo