एमबीबीएस प्रवेश परीक्षामा विश्व निकेतनका आशिक झा प्रथम

एमबीबीएस प्रवेश परीक्षामा विश्व निकेतनका आशिक झा प्रथम

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा धनुषाका आशिक झा प्रथम भएका छन्। २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन्। 

जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीएसहित एसईई उत्तीर्ण गरेका झाले त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका हुन्। 

देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बनेका हुन्। आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो। 

प्रथम भएसँगै उनले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पाएका छन्।

Skip This
Skip This
Logo