अमेरिकी टेलिभिजन सिएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई बर्खास्त गरेकाे छ ।
खोप नलगाएकोलाई जागिरबाट निकालिएको यस्तो घटना अमेरिकी मिडियामा पहिलो भएको बिबिसीले जनाएको छ । अमेरिकामा हरेक कम्पनीका कामदारलाई अनिवार्य खोप लगाउनुपर्ने नियम छ ।
फेसबुक र गुगलजस्ता ठूला मिडियाले पनि कार्यालय सुरु हुनु एकदिनअघि अनिवार्य खोप लगाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सिएनएनले रिपोर्टिङका लागि कार्यक्षेत्रमा जाने सबैलाई अनिवार्य खोप लगाउनुपर्ने बताएको छ ।































प्रतिक्रिया