प्रदेश तह खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाऔं : कमल थापा

प्रदेश तह खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाऔं : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको भन्दै खारेजीको माग गरेका छन्। उनले बरु स्थानिय तहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्नेमा जोड दिएका छन्। सामाजिक संजाल ट्वीटरमार्फत थापाले यस्तो बताएका हुन्। 

उनले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन्। सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड भएको उनको दाबी छ।

थापाले भनेका छन्,
सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।

राष्ट्रको लागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ। सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।

Logo