नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा  गुलरिया नगरपालिका–९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका–२ का ५२ वर्षीय पुरुष रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र, बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

योसँगै कोरोना सङ्क्रमण भई अन्यत्र जिल्लाबाट बाँके आएका ३८३ जनाको मृत्यु भएको छ। जिल्लाका अस्पतालमा कोरोना उपचारका लागि भर्ना हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ। 

सङ्क्रमण दर बढ्दै गएपछि  प्रशासनले भीडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न पुनःसचेत पारेको छ। परीक्षणको नतिजाबाट सङ्क्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा पनि कोरोनाका बिरामीको चाप बढ्दै गएकाले रोकथाम र नियन्त्रणका लागि पूर्वसावधानी अपनाई सङ्क्रमणदर शून्यमा झार्न सबैको अह्म जिम्मेवारी र भूमिका रहेको  प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।

जिल्लामा निषेधाज्ञा कायमै रहेको अवस्थामा विभिन्न व्यक्ति र समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सार्वजनिक गतिविधिमा संलग्न हुने गर्दा जोखिम उच्च हुन गई सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न जाने भएकाले तत्काल त्यस्ता गतिविधि नगर्न र नगराउन सचेत पारिएको जनाइएको छ।

Skip This
Skip This
Logo