कक्षा १२ को परीक्षा स्थगित

कक्षा १२ को परीक्षा स्थगित

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो ।

यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोना सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेका थिए ।

कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएपछि सरकारले परीक्षा स्थगित गरेको हो। अर्को सूचना प्रकाशित परीक्षा हुने १५ दिन पहिले सार्वजनिक गरिने बताइएको छ।

Skip This
Skip This
Logo