अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ३८५ लडाकू मारिए, २१० घाइते

अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ३८५ लडाकू मारिए, २१० घाइते

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकू मारिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइतेसमेत भएका छन्। 

देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्तसमेत भएको जनाएका छन्। 

विशेष गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन्।

पछिल्ला केही हप्ता अफगानिस्तनमा सुरक्षा कारबाहीमा मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन्।

Logo