तालिवान समूहबाट अर्काे सहर शबरगानकाे राजधानी कब्जामा लिएको दावी

तालिवान समूहबाट अर्काे सहर शबरगानकाे राजधानी कब्जामा लिएको दावी

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानको तालिवान समूहले यहाँको दोस्रो प्रान्तीय राजधानी पनि आफ्नो कब्जामा लिन सफल भएको दावी गरेको छ । 

उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान शहर आफ्नो नियन्त्रणमा आएको तालिवानले बताएको छ । यसअघि शुक्रबार तालिबानले दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।

यद्यपि अफगानिस्तानको रक्षामन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिवान लडाकुलाई हटाउने बताएका  छन् । 

पश्चिमको हेरात, दक्षिणको कान्दाहर र लश्कर गाहसहितका प्रमुख शहरहरु पनि क्रमशः आफ्नो नियन्त्रणमा लिँदै जाने तालिवानको रणनीति रहेको तालिवान समूहका एक कमाण्डरले बताएका  छन् ।

सरकारले सेनालाई उक्त क्षेत्रमा सशक्त पारेको जनाएको छ । अफगानिस्तानको ग्रामीण इलाकामा प्रभाव रहेको तालिवान समूहले अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।

Skip This
Skip This
Logo