नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूरमा दोषी ठहरिएका एक जना युवकलाई पक्राउ गरेको छ।
काठमाडौंको महालक्ष्मीथानबाट ४२ वर्षीय चिरायू खालिङलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनी पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका हुन्। तर, काठमाडौंको गोंगबुमा बस्दै आएका थिए।
उनीविरुद्ध बैंकमा पर्याप्त नगद नभएको जान्दाजान्दै झुक्याएर सेन्चुरी बैंकको चेक काटी बैंकिङ कसूर गरेको आरोपमा मुद्दा परेको थियो।
उच्च अदालत पाटनले २०७७ फागुन ११ गते उनलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ६ दिन कैद र १५ लाख ५० हजार रूपैयाँ जरिवाना तोकेको छ।































प्रतिक्रिया