केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले पटक–पटक ओलीलाई भेट्न संर्घष गरे तर, उनले एक पटक पनि भेट्न पाएनन्। विरामी परेर थला परेका थिए अधिकारी, तर पनि ६ महिनासम्म उनले ओलीसँगको भेटको लागि पहल गरि रहे।
छोरीमार्फत पनि पटक पटक खबर पठाउने काम भयो तर, ओलीको सचिवालयले अधिकारीले भेट्न चाहेको कुरा ओलीलाई थाहा नदिएर हो वा ओलीले नै भेट दिन चाहेनन् त्यो थाहा भएन तर, मृत्यु अघि पटक–पटक ओलीसँग भेटको पहल गर्नुभएको राष्ट्रियसभा सदस्य सांसद डा. खिमलाल देवकोटाले आजको बैठकमा भनेका छन्।
त्यस्तै देवकोटाले ‘तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले पनि बेवास्ता गरेको र ट्रर्याक भन्दा पर गएको भन्दै गुनासो गरे।
‘दर्जजौं पटक उहाँले ओलीलाई भेट गर्न ओलीको सचिवालयमा खबर पठाउनु भएको थियो, छोरीको माध्यमबाट पनि खबर पुग्यो तर अहं ओलीले भेट गर्न मानेनन्’, देवकोटाले भने।
किन चाहना राखे ओलीलाई भेट्न अधिकारीले?
सांसद देवकोटाले पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीको भनाई उदृत गर्दै भने,‘ म ओलीलाई भेट्न चाहन्छु, पटक पटक कोशीस गरें सकिन, ओलीलाई सरकार संचालन सामाजिक आर्थिक पूर्वधार विकास र शासकिय स्वरुप सुधार लगायतका विविध विषयमा सुझाव दिन चाहन्छु।
तथापि स्व. अधिकारीले उक्त सुझावको पोका ओलीलाई सुझाउन पाएनन्। प्रधानमन्त्री मनमोहन अधिकारीको सरकार रहँदा अर्थ मन्त्रालयको नेतृत्व सम्हालेका भरतमोहनले लोकप्रिय कार्यक्रम लिएर चर्चा कमाएका थिए।
उनी अर्थमन्त्री रहेको कार्यकाल अहिले पनि मानिसले सम्झिने गरेका छन्। वृद्धभत्ता अधिकारी नेतृत्वमा उनैले सुरु गरेको कार्यक्रम हो।































प्रतिक्रिया