सीमा नाकामा बिओपीको संख्या ५०० पुर्‍याइन्छ : गृहमन्त्री

सीमा नाकामा बिओपीको संख्या ५०० पुर्‍याइन्छ : गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट संख्या थप्दै ५०० पुर्‍याइने बताएका छन्  ।

आइतबार सशस्त्र प्रहरी सहायक निरीक्षक सि.स १४ (क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताएका हुन् ।

साथै कोरोना सङ्क्रमणको महामारीमा सशस्त्र प्रहरीले गरेको कार्यको प्रशंसा गर्दै गृहमन्त्री खाँणले सशस्त्र प्रहरीलाई अझै बलियो बनाउन आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।

शान्ति सुरक्षा बहाली राज्यको प्रमुख दायित्व रहेको खाँणको भनाइ थियो । सिमानामा अहिले सशस्त्र प्रहरी बलका २२६ वटा बिओपी छन् ।

Logo