नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन समयमा हुन नसकेको प्रति आक्रोस व्यक्त गर्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज बिहान सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पौडेलले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
महाधिवेशन समयमा नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको उनले आरोप लगाए। उनले लेखेका छन्,–'सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।'
'पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो।' पौडेलले भनेका छन्, 'आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ। यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ? यो देशकै विडम्वना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्।'
कांग्रेसले यस अघि पटक पटक मिति सार्दै तोकिएको महाधिवेशन भदौ १६ गतेदेखि गरिने जनाएको भएपनि नहुने निश्चित भएको छ । पौडेलको भनाइ यसैप्रति लक्षित थियो।































प्रतिक्रिया