लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

लुम्बिनी प्रदेशको विशेष अधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालत प्रशासनले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकर (दरपीठ) गरेको छ।

अधिवक्ता प्रवेश केसीले आइतबार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेस गरेको रिट निवेदनलाई सम्बन्धित पक्ष नआएका कारण र हकदैया नपुग्ने उल्लेख गर्दै दर्ता अस्वीकार गरेको हो।

प्रतिपक्षी सांसदहरूले विशेष अधिवेशनको समावेदन दिएपछि प्रदेश प्रमुख शेरचनले २७ साउनमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो।  

Skip This
Skip This
Logo