सिन्धुपाल्चोकमा गत वर्ष पहिराेबाट विस्थापितलाई सेनाद्वारा अस्थायी आवास हस्तान्तरण

सिन्धुपाल्चोकमा गत वर्ष पहिराेबाट विस्थापितलाई सेनाद्वारा अस्थायी आवास हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

गत वर्ष आएको लिदी पहिराेबाट विस्थापितहरुलाई नेपाली सेनाले अस्थायी भवन बनाएर हस्तान्तरण गरेको छ। 
 
जुगल गाउँपालिका-१ लिदीमा गत वर्ष साउन ३० गते गएको पहिराेबाट विस्थापित दुई सय नौ परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। 

श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्तरुपमा अस्थायी आवास हस्तान्तरण गरेको हो।

सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ। हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो। गत वर्ष लिदी बस्तीकाे पहिराेमा ३९ जनाले ज्यान गुमाएका थिए।रासस

Skip This
Skip This
Logo