भूमि आयोग विघटन निर्णय यथास्थितिमै राख्न सर्वोच्चको आदेश

भूमि आयोग विघटन निर्णय यथास्थितिमै राख्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले भूमि आयोग विघटनविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतको यो आदेशपछि सरकारको आयोग विघटन गर्ने सरकारको निर्णय कार्यान्वयन नहुने भएको छ।

आदेशमा निर्णयलाई यथास्थितिमा राख्नू पनि भएको छ। यस्तै, इजलासले सरकारको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

भदौ १ गते रिट निवेदक र सरकार पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आयोग विघटन गरेपछि तत्कालीन अध्यक्ष देवी ज्ञवाली, अधिवक्ताहरू यज्ञमणि न्यौपाने, प्रवेश केसीलगायतले विघटनविरुद्ध सर्वोच्चमा रिट दिएका थिए। 

 

Skip This
Skip This
Logo