जसले सिक्रीलाई एकछिन आफ्नो बनाए…

जसले सिक्रीलाई एकछिन आफ्नो बनाए…

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको आकाशेधारामा बस्ने सानु बस्नेत डेरा बसेको घरको गेट बन्द गर्दै थिइन्। त्यहीबेला उनको दुई तोलाको गहना लुटियो। प्रसङ्ग आइतबार दिउँसोको हो।

घाँटीमा लगाएको सिक्री लुटेर फरार भएका हुन्, अञ्जित सुवेदी। महानगरीय प्रहरी प्रभाग कपनका अनुसार लगत्तै सानुले खबर गरिन्। र, प्रहरी टोली परिचालन भयो।

अन्ततः लुटेरा सुवेदी पक्राउ परे। हाल उनी प्रहरी प्रभाग कपनमा छन्। एकछिन मात्रै उनले सानुको सिक्रीलाई आफ्नो बनाउन पाए। 
 

Skip This
Skip This
Logo