आज १ हजार ७८४ जना निको भए, ३ हजार ६५१ संक्रमित थपिए

आज १ हजार ७८४ जना निको भए, ३ हजार ६५१ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ।

नेपालमा आज ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १ हजार ४२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख १७ हजार ४८६ जना र एन्टीजेन परीक्षणबाट ६९ हजार ५२० जना पुगेको छ। 

आज २२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ।

आज १६ हजार ५९४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३६ लाख ९४ हजार १७९ जनाको पिसिआर र ३ लाख ६३ हजार ७४४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo