एमाले विधान संशोधनः अब महाधिवेशनबाट अध्यक्ष मात्रै चुनिने, स्थायी कमिटी खारेज

एमाले विधान संशोधनः अब महाधिवेशनबाट अध्यक्ष मात्रै चुनिने, स्थायी कमिटी खारेज

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले महाधिवेशनबाट एक अध्यक्ष र २ सय २५ केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव गर्ने प्रस्ताव अघि सारेको छ। 

प्रस्तावित विधान संशोधन प्रस्तावमा १३ पदाधिकारी रहनेछन् भनिएको छ। जसमा एक अध्यक्ष, दुई उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव र ७ सचिव रहेको छ।

त्यस्तै स्थायी कमिटी खारेज गरेर सानो आकारको सचिवालय रहने भनिएको छ। पोलिटब्यूरो र केन्द्रीय कमिटी भने रहने प्रस्ताव गरिएको छ।

सोमबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णयसमेत गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरु केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ।’

हाल नेकपा एमालेमा एक अध्यक्ष अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिव रहने व्यवस्था छ र सबै महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ।

त्यस्तै १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्तावित विधानमा उल्लेख छ। 

प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहनेछन्। सबै कमिटीमा अध्यक्ष अधिवेशनबाट चुनिने र सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ ।

त्यस्तै नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन समेत गरेको छ। 

केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन्। ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

चार मस्यौदा समितिहरू निम्नअनुसार प्रस्ताव गरिएको छः

१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली
सदस्यहरूः वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे

२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल
सदस्यहरूः विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल,

३ः विधान संशोधन मस्यौदा समिति

संयोजकः विष्णु पौडेल
सदस्यहरूः सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह

४ः व्यवस्थापन समिति

संयोजकः रामवहादुर थापा बादल
सदस्यहरूः मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा
 

Logo