नाका खुलेसँगै तातोपानीबाट सामान एकतर्फी रूपमा भित्रिए

नाका खुलेसँगै तातोपानीबाट सामान एकतर्फी रूपमा भित्रिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनसँग नेपाल जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएसँगै व्यापारिक सामान एकतर्फी रूपमा आउन थालेका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले आइतबार रातिबाटै तातोपानी नाका पुनः सञ्चालनमा आएको जानकारी दिए। उनले भने, “आइतबार राति ११ बजेबाट नाका सञ्चालनमा आई निर्बाध रूपमा नेपालतर्फ सामान आउन सुरु भइसकेको छ ।” उनका अनुसार आइतबार राति ११ ट्रक समान नेपाल आएको हो ।

उनले भने, “चीन तर्फबाट आएका सामानहरू ट्रकबाट उतारी भन्सारको यार्डमा राखिन्छ र त्यहाँ निर्मलीकरण (डिसइन्फेक्सन) गरी सामानलाई भन्सारमा जाँचपास गरी नेपाल ल्याउने गरिएको छ ।’’ तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालनमा ल्याउने गरी नेपाली र चिनियाँ पक्षबीच असोज १३ गते सहमति भएको थियो ।

यसैबीच नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सामाजिक सञ्जालमा चीन र नेपालको संयुक्त प्रयासबाट झ्याङमु (तातोपानी) नाका सञ्चालनमा आएको बताएकी छिन् । उनले अबदेखि तातोपानी र रसुवा दुवै नाकाबाट नेपालमा दैनिक आवश्यक सामग्री आपूर्ति गर्न सहज हुने बताइन् ।गोरखापत्रबाट

Skip This
Skip This
Logo