भदौं दोस्रो सातादेखि फिलिपिन्सको क्लार्क र सेविकमा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल प्रतियोगिता स्थगित भएको छ ।
फिलिपिन्समा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि र फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप तत्कालका लागि स्थगित गरेको हो ।
एसियन भलिबल फेडेरेसन (एभीसी) ले फिलिपिन्स भलिबल फेडेरेसनलाई २४ देखि ३० अथवा ३१ अगस्टसम्म च्याम्पियनसिप आयोजना गर्न नयाँ मिति प्रस्ताव गरेको छ ।
च्याम्पियनसिपमा सुरुवातमा नेपालले पनि खेल्ने तय थियो । तर, नेपाल कोरोनाको रेड जोनमा रहेको भन्दै फिलिपिन्सले नेपाललाई बाहिर राख्दै च्याम्पियनसिपको समूह विभाजन र खेल तालिका सर्वाजनिक गरेको थियो ।































प्रतिक्रिया