एक गेडा चामल सरकारले हेलम्बु र मेलम्चीमा पुर्याएनः सांसद तामाङ

एक गेडा चामल सरकारले हेलम्बु र मेलम्चीमा पुर्याएनः सांसद तामाङ

केन्द्रबिन्दु
0
Shares

एमाले सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले बाढी र पहिरो प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा राहतको नाममा ‘एक गेडा’ चामल नपुर्याएको बताएका छन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले छतको नाममा ‘एउटा टेण्ट’ पनि नपुर्याएको भन्दै सरकारको आलोचना गरे।

‘राहतको नाममा एक गेडा चामल र छतको नाममा टेण्ड पुगेको छैन’, उनले भने।
सांसद तामाङले हेलम्बु र मेलम्ची क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर तत्काल राहत र पुनसर््थापनाको प्याकेज घोषणा गर्न माग गरे।

तर, सरकार पक्षीय एक जना गैरजनप्रतिनिधि हेलम्बु र मेलम्ची क्षेत्र गएर दुुई खोलाको दुईवटा ढुंगा पल्टाएर सबै खोला थुनिदिन्छु भन्ने ढंगले प्रचार गरेको टिप्पणी गरे। 

Skip This
Skip This
Logo