सरकारले यस वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय रुपैयाँ प्रस्ताव गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको हो।
चालू आर्थिक वर्षका लागि मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ९ सय १ रुपैयाँ ८३ पैसा तथा मोटा धानको २ हजार ७ सय ९१ रुपैयाँ ९२ पैसा प्रस्ताव गरिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले यस वर्षका लागि धानको मूल्य प्रस्ताव गरिएकाले एक दुई दिनभित्रमा मन्त्रिपरिषदमा पेस गर्न लागिएको जानकारी दिइन्। उनका अनुसार, गत वर्षभन्दा प्रतिक्विन्टलमा १७ रुपैयाँ बढेको छ। मन्त्रिपरिषद्ले पास गरेपछि यो मूल्य कार्यान्वयमा आउनेछ।
गत वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो। गत वर्ष धानबाली लगाउनु अघि नै समर्थन मूल्य तोकिएको थियो। यो वर्ष धान रोपिसकेपछि मूल्य प्रस्ताव गरिएको छ।
कृषकको लागतका आधारमा उत्पादनको उचित मूल्य प्रदान गर्नका लागि सरकारले प्रत्येक वर्ष समर्थन मूल्य तोक्दै आएको छ। व्यवसायीले कम मूल्यमा धान खरिद गरेर किसान ठग्ने सक्ने भन्दै सरकारले समर्थन मूल्य निर्धारण गर्दै आएको छ।काराेबारबाट





























प्रतिक्रिया