कस्तो संस्कारकाे विकास र संरक्षण गरिँदैछ ? : भट्टराई

कस्तो संस्कारकाे विकास र संरक्षण गरिँदैछ ? : भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कमब्याक हुने कुरा राम्राे भएकाे भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बधाई दिएका छन्  ।

बधाई दिँदै उनले जुनसुकै काम गरे पनि मैले गरेकाे, मैले यो काम गर्दा फलानाेले विरोध गरेकाे भन्दै प्रचार गर्दै हिड्नु कस्तो संस्कारकाे विकास गरिँदैछ भन्दै प्रश्न गरेका छन् ।

पछिल्लो समय हरेक नेतामा मैले यो गरे, उसाे गरे वा राम्राे गरेकाे छु भन्दै प्रचार गर्ने प्रवृति र त्यस्तै खालका समाचारकाे बनेका शीर्षकमाथि प्रश्न गरेका हुन् । 

उनले ट्वीटमा लेखेका छन्- 'कुलमानको कमब्याक स्वागतयोग्य छ! वधाइ! तर उनको नियुक्तिमा कसको प्रस्ताव,कसको सहमति,कसको सहयोग,कसको असहमति,कसको असहयोग,कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ? कस्ता दिन आए….!!'

Skip This
Skip This
Logo