ह्याकरले चोरे ६० करोड अमेरिकी डलर बराबरको ‘क्रिप्टोकरेन्सी’

ह्याकरले चोरे ६० करोड अमेरिकी डलर बराबरको ‘क्रिप्टोकरेन्सी’

केन्द्रबिन्दु
0
Shares

ह्याकरहरूले ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन्। यसलाई इतिहासकै सबैभन्दा ठूलो ‘क्रिप्टोकरेन्सी’ चोरी मानिएको छ। 

ब्लकचेन साइट पोली नेटवर्कले आफ्नो सुरक्षा प्रणालीमा रहेको छिद्र प्रयोग गरेर ‘इथर’ जस्ता हजारौँ क्रिप्टोकरेन्सी टोकन चारी गरेको बताएको छ। 

ट्वीटरमार्फत् सन्देश दिँदै संवादमा आएर ह्याक भएको सम्पत्ति फिर्ता गर्न पोली नेटवर्कले आग्रह गरेको छ। 

‘जुनसुकै देशको कानुनी संयन्त्रले यसलाई आर्थिक अपराध मान्दछ, र त्यसको परिणाम तपाईंहरूले भोग्नु पर्नेछ,’ सन्देशमा लेखिएको छ, ‘तपाईंहरूले चोरेको क्रिप्टोकरेन्सी हजारौँ ग्राहकहरूको हो।’

इथर, बाइनान्स र युएसडिसी क्रिप्टोकरेन्सी चोरी भएको उक्त कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo