ओलीको सम्बोधनमा दासहरू हाँसे, ताली पिटे अनि खुशीयाली मनाए…

ओलीको सम्बोधनमा दासहरू हाँसे, ताली पिटे अनि खुशीयाली मनाए…

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद मेटमणि चौधरीले मंगलबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई  चटकको संज्ञा दिएका छन्।

उनले ओलीले अपमानजनक र अशिष्ट शैलीमा चटक देखाएको बताए। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले ओलीले सम्बोधन गर्दै गर्दा दासहरु ताली पिटेर खुशीयाली मनाएको विचार राखेका छन्।

उनले ओलीले आक्रोश र इगोसहितको सम्बोधनमा सांसदहरूको मानमर्दन गरेको पनि आरोप लगाए। त्यस्तै, सांसद चौधरीले हिटलरको प्रसंग जोड्दै ताली पिट्ने सांसदलाई विवेकशून्य मानव समुदाय भनेका छन्।

‘आखिरमा हिटलरले भुत्ल्याएको भाले र माननीयहरूका चेतनास्तरमा कुनै फरक देखिएन ! ठिक बेठिक भन्दा नि, को बोल्यो त्यसको आधारमा निर्णय गर्ने ! विवेकशून्य मानव समुदाय !’ उनले लेखेका छन्।

Skip This
Skip This
Logo