लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्चमा जारी

लुम्बिनीको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्चमा जारी

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको अवस्थाबीच सर्वोच्च अदालतमा प्रदेशको विशेष अधिवेशन  रोक्न माग गर्दै दायर रिटको सुनुवाइ भइरहेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा रिटको सुनुवाइ भइरहेको हो।

सुनुवाइका लागि मंगलबार पनि रिटको पेसी तोकिएको थियो। तर, समय अभावले 'हेर्दाहेर्दै' मा राखिएको थियो। 

लुम्बिनीका एमाले सांसद लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको संसदको विशेष अधिवेशनलाई रोक्न माग गर्दै सोमबार सर्वोच्चमा रिट दिएका थिए।

Logo