शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन्।

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकाेमा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकाेमा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको  र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए। 

चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ

चेक अनादर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालतले निजलाई दुई छुटृाछुटृै  मुद्दामा एक महिना कैद  गर्नाका साथै रु तीन हजार र ११ लाख २० हजार जरिवानाको फैसला सुनाएको थियो।रासस

Skip This
Skip This
Logo