प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित डेढ सय शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो । 

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनु पर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनु पर्ने, द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधान गरिनु पर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ।

Skip This
Skip This
Logo