अन्ततः सर्यो कांग्रेस महाधिवेशनः मंसिरमा हुने तय, नयाँ कार्यतालिका सार्वजनिक

अन्ततः सर्यो कांग्रेस महाधिवेशनः मंसिरमा हुने तय, नयाँ कार्यतालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति सारेको छ। 

आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी नयाँ कार्यतालिका ल्याएको हो। 

नेपाली कांग्रेसको  १४ औं महाधिवेशनको नयाँ कार्यतालिका 
वडा अधिबेशन भाद्र १८ गते।
पालिका अधिबेशन भाद्र २७ गते।
प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते।
क्षेत्रीय अधिबेशन असोज ५ गते।
जिल्ला अधिबेशन असोज १० गते।
सात प्रदेश अधिबेशन कार्तिक १० ,११ र १२ गते।
केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते काठमाडौंमा।

नयाँ कार्यतालिका अनुसार अब कांग्रेसको वडा तहको अधिवेशन १८ भदौमा हुनेछ।

नयाँ कार्यतालिका अनुसार भदौ २ सम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ।

तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा क्रियाशील सदस्यता विवादले निकै चर्चा पाएको थियो। यस अघि विवाद समाधानका लागि गरिएका प्रयासका बाबजुद केही जिल्लाहरुमा टुंगिन सकेको छैन। 

यस अघि तय भदाै १६ देखिकाे समय अनुसार महाधिवेशनका सबै कार्यक्रम राेकिएका छन् । अब नयाँ कार्यतालिका अनुसार महाधिवेशन हुनेछ।

Logo