काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सांसद थापाले सोमबार ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै डा. गोविन्द केसीले राखेका कुन चाँही माग पूरा गर्न नसकिने छन् भन्दै प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री आफैले हिजो गरेका बाचा पूरा नगर्दा नै ती बाचाहरु आज डा. केसीका माग भएको उनको भनाइ छ । सांसद थापाले भनेका छन्–‘@PM_Nepalज्यू, डा. गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुने गर्न नसकिने छ ? कुन माग जनहित विपरीत छन् ? तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र ? डा. केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ ? ।’
































प्रतिक्रिया