समृद्धि स्कुलद्वारा विश्वस्तरीय ‘लिडर इन मि’ कार्यक्रमको शुभारम्भ

समृद्धि स्कुलद्वारा विश्वस्तरीय ‘लिडर इन मि’ कार्यक्रमको शुभारम्भ

केन्द्रबिन्दु
0
Shares

समृद्धि स्कूलले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नेतृत्व क्षमता विकास गर्नका लागि ‘लिडर इन मि’ कार्यक्रमको उद्घाटन भएको छ। विद्यार्थीको क्षमता विकास गर्ने ‘लिडर इन मि’ कार्यक्रम अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त कार्यक्रम हो। यो कार्यक्रम नेपालमा सञ्चालन गर्ने समृद्धि स्कुल पहिलो बनेको छ।

नेतृत्व क्षमता विकास मानिसको सुरुवाती वर्षमा मात्रै सम्भव भएकाले कक्षा १ देखिका विद्यार्थीलाई कार्यक्रममा समावेश गरिएको स्कुलले जनाएको छ। 

‘लिडर इन मि’ कार्यक्रम स्टिफन कोभेको बहुचर्चित पुस्तक ‘द सेभेन ह्याबिट्स अफ हाइली एफेक्टिभ पिपल’ (अर्थात् प्रभावकारी मानिसका सात बानीहरू) मा आधारित छ। 

बिहीबार समृद्धि स्कुल र ‘लिडर इन मि’ कार्यक्रमका निर्माता फ्रांकलिन कोभे इन्टरनेसनलबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । नेपालका अन्य स्कुलभन्दा फरक ढंगले स्कुल शिक्षालाई अघि बढाउँदै समृद्धिले ल्याउन लागेको ‘लिडर इन मि’ कार्यक्रम विद्यार्थीका लागि मात्रै नभई अभिभावकका लागि पनि भएको स्कुलका प्रमुख कार्यकारी अधिकृत नरेशप्रसाद श्रेष्ठ बताउँछन्। 

विद्यार्थीहरुलाई पुरानै शैलीको शिक्षाभन्दा पनि २१ औं शताब्दी सुहाउँदो प्रविधिमैत्री विद्यार्थीहरुको क्षमता विकास गर्ने शिक्षा प्रदान गर्नु जरुरी रहेको समृद्धि स्कुलका अध्यक्ष मनोहरकुमार भट्टराईले बताएका छन्।

उनले समृद्धि स्कलले पनि समय सुहाउँदो शिक्षा विद्यार्थीहरुको क्षमता विस्तार गर्ने उद्देश्यले यो कार्यक्रमसमेत सुरु गरिएको बताए।

त्यस्तै, ट्रेनर फ्रांकलिन कोभे इन्टरनेशनलका प्रिन्सिपल नारायण प्रधानले अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कार्यक्रम रहेको बताए। ‘लिडर इन मि’ले सबैभन्दा पहिला एनजीओ तथा आइएनजीओहरुलाई तालिम दिए पनि पछिल्लो समय स्कुलहरुमा पनि दिन सुरु गरिएको छ। नेपालमा सबैभन्दा पहिलो समृद्धि स्कुल बनेको बताए।

बहुआयामिक र नतिजा–केन्द्रित ‘लिडर इन मि’ कार्यक्रम स्वभाविय विकासको प्रशिक्षणमा आधारित रहेको छ। 

Skip This
Skip This
Logo