अफगानिस्तानका नेपाली उद्धारका लागि भदौ ११ गते नेपाल एयरलायन्सकाे जहाज काबुल जाँदै

अफगानिस्तानका नेपाली उद्धारका लागि भदौ ११ गते नेपाल एयरलायन्सकाे जहाज काबुल जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड उडानमार्फत भदौ ११ गते बिहान ११ः३० बजे अफगानिस्तानको काबुल जाने भएको छ। 

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज दुवईको एक कम्पनीले चार्टर्ड उडानको लागि बुकिङ गरेको नेपाल वायु सेवा निगम स्रोतले जनाएको छ। निगम स्रोतका अनुसार यही अगस्ट २६ अर्थात् भदौ ११ गते चार्टर्ड उडानका लागि न्यारोबडी बुकिङ भइसकेको छ।

‘दुवईको एक कम्पनीले अफगानिस्तानमा रहेका नेपाली ल्याउनका लागि बुकिङ गरेको हो। सरकारले हैन ।, स्रोतले भन्यो,‘उक्त चार्टर्ड उडानमा १०० जना नेपाली ल्याइने भएको छ।’

नेपालबाट अफगानिस्तानमा रोजगारीका लागि गएका नेपालीलाई सम्बन्धित कम्पनीले जहाज चार्टर्ड गरि फर्काउन लागेको स्रोतको भनाइ छ।

नेपाल वायुसेवा निगमका अनुसार अगस्ट २६ मा बिहान ११ः३० मा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज जाने चार्टर्ड उडान तालिका रहेको छ। उक्त जहाजले २ः४५ काबुलबाट उडान भरि साँझ ६ः५० मा नेपाल आइपुग्ने तालिका रहेको छ।

स्रोतका अनुसार कम्पनीले चार्टर्ड उडान गर्न लागेकोले उडानको लागि परराष्ट्रसँग कुनै अनुमति नलिएको बताएको छ। 

पाँच वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी १२ जना नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएपछि तत्काल शव नेपाल ल्याउन निर्देशन दिएका थिए। 

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल वायु सेवा निगमको जहाजबाट शव नेपाल ल्याएको थियो। 

Skip This
Skip This
Logo