प्रदेश नं. ५ को राजधानी बुटवलमै राख्न कांग्रेस नेता खाणको माग

प्रदेश नं. ५ को राजधानी बुटवलमै राख्न कांग्रेस नेता खाणको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बुटवलमै प्रदेश राजधानी कायम गर्नु पर्ने माग गरेका छन् ।

प्रदेश नं. ५ को नाम र राजधानीका विषयमा विवाद बढ्दै गए पछि रुपन्देहीबाट प्रतिनिधित्व गर्ने नेता खाणले एक विज्ञप्ती मार्फत यस्तो बताएका हुन् । राजनीतिक पूर्वाग्रही राखेर राजधानी सार्न खोज्नु नागरिकको भावना विपरीत भएको उनले बताएका छन् । जबर्जस्त प्रस्ताव पास गर्ने कार्य रोकेर बुटवलमै राजधानी कायम गर्न उनले माग गरेका हुन्।

नेता खाणले राजधानी सार्ने प्रस्तावको विरोधमा भइरहेका शान्तिपूर्ण विरोधमा प्रहरीले धरपकड गरेको भन्दै यस प्रति आपत्ति पनि जनाएका छन् ।

नेता खाणले प्रदेश नं. ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिन रुपन्देहीबासीलाई आग्रह समेत गरेका छन् ।

Skip This
Skip This
Logo