अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडे

केन्द्रबिन्दु
0
Shares

अफगान अधिकारीहरूलाई उद्धृत अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेको विवरणहरू सार्वजनिक भएका छन् ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको बिबिसीले जनाएकाे छ ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए। यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो। 

Skip This
Skip This
Logo