अफगानिस्तान घटनाले पूर्वराजा ज्ञानेन्द्रप्रति अझै सम्मान बढेकाे छः कमल थापा

अफगानिस्तान घटनाले पूर्वराजा ज्ञानेन्द्रप्रति अझै सम्मान बढेकाे छः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति अझै सम्मान बढेकाे बताएका छन्। साेमबार सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्ताे बताएका हुन्। 

थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटनालाई पूर्वराजा ज्ञानेन्द्रसँग दाँजेका छन्। यसबाट राजा र राष्ट्रपतिबीचको फरक के हुने रहेछ प्रष्ट भएकाे पनि उनले बताएका छन्। '२०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।' थापाले भनेका छन् ।

उनले लेखेका छन्,: तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देशभित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपतिबिचको फरक पनि यही हो।

Skip This
Skip This
Logo