जर्मनीका पूर्वस्ट्राइकर मुलरकाे निधन

जर्मनीका पूर्वस्ट्राइकर मुलरकाे निधन

केन्द्रबिन्दु
0
Shares

जर्मनी तथा बायर्न म्युनिखका पूर्वस्ट्राइकर गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी इतिहासकै उत्कृष्ट स्ट्राइरहरुमध्ये एक मानिन्छन् । 

मुलरले पश्चिम जर्मनीका लागि ६२ खेल खेल्दै ६८ गोल गरेका थिए । १९७८ को विश्वकप फाइनलमा नेदरल्यान्डस्विरुद्ध उनले नै निर्णायक गोल गरेका थिए ।

१५ वर्षसम्म बायर्न म्युनिखबाट खेल्ने क्रममा उनले ५ सय ९४ खेलमा ५ सय ४७ गोल गरेका थिए । बायर्न म्युनिखले इतिहासकै एक महान् व्यक्ति रहेको जनाएको छ ।

क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनी बिना क्लब आजको अवस्थामा हुने थिएन । उनको नाम र सम्झना सधैं अमर रहनेछ ।’

मुलरले दुईपटक जर्मन फुटबलर अफ द इयरको उपाधि जितेका थिए । उनले १९७० को विश्वकप फुटबलमा सर्वाधिक १० गोल गर्दै गोल्डेन बुट जितेका थिए । त्यही वर्ष उनले बेलोन डि’ अर पनि जिते ।

दुई वर्षपछि उनले पश्चिम जर्मनीलाई युरोपियन च्याम्पियनसिप जिताउन सहयोग गरे । सोभियत युनियनविरुद्धको फाइनलमा खेलमा पश्चिम जर्मनीलाई ३–० को जित दिलाउने क्रममा उनले दुई गोल गरेका थिए ।

Skip This
Skip This
Logo