एमाले सांसद रामवीर मानन्धरले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई ‘प्रचण्ड प्रतापी भूपतिहरूको सरकार’ भनेका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले देउवा सरकारलाई नयाँ नाम दिएका हुन्।
उनी आबद्ध दलका सांसदहरूले बारम्बार परमादेशको सरकार भन्दै आएका छन्। तर, पूर्वराज्यमन्त्रीसमेत रहेका मानन्धरले कटाक्ष गर्दै देउवा सरकार एमसीसी ल्याउन खोज्नेहरूको मात्रै नभएको बताए।
‘कसैले भन्छ, यो सरकार परमादेशको अरे। कसैले भन्छ, यो सरकार बहादुर पञ्च पाण्डवहरूको पनि रे। कसैले भन्छ, यो सरकार तुइन चुँडाउनेहरूको पनि हो कि क्या हो भन्छ। कसैले भन्छ, यो सरकार त दाम्लै छिनाउन लागेकाहरूको हो कि क्या हो? कसैले भन्छ, एमसीसी ल्याउन खोज्नेको सरकार हो कि क्या हो ?, जसले जेसकुै भने पनि मलाई यो सरकार प्रचण्ड प्रतापी र भूपतिहरूको जस्तो लाग्छ।’
उनले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न पनि माग गरे।































प्रतिक्रिया