प्रदेश १, प्रदेश २, बागमती र गण्डकीका केही स्थानमा वर्षाकाे सम्भावना

प्रदेश १, प्रदेश २, बागमती र गण्डकीका केही स्थानमा वर्षाकाे सम्भावना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाठौं उपत्यकामा मौसम पहिलेको तुलनामा केही बदली भइ धेरै स्थानहरुमा बिहानैदेखि घाम लागिरहेको छ । साथै, केही स्थानमा भने थोरै बदली रहेको बताइएको छ ।

त्यसैगरी अन्य जिल्लामा पनि धेरै स्थानमा मौसम सफा रहेको छ । तर, केही प्रदेशका उच्च एवं हिमाली क्षेत्रमा भने हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Skip This
Skip This
Logo