बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ४ सयले बढेको हो। 

गत हप्ता आइतबार १ हजार ५ सयले घटेको थियो। सोमबार १ हजार रुपैयाँले घटेको थियो। मंगलबार २ सयले बढेको सुन बुधबार ४ सयले घटेको थियो। यस्तै बिहीबार ६ सयले बढेको थियो भने शुक्रबार ३ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी आज एक हजार २१० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo